पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, नुवाकोटमा रिसाल

पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर, नुवाकोटमा रिसाल

काठमाडौं । गृह मन्त्रालयले पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको छ । मन्त्रालयले गृहमन्त्री स्तरीय निर्णय गर्दै दुई सहसचिव र पाँच उपसचिवसहित पाँच जिल्लाका प्रमुख जिल्ला अधिकारी र केही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

धनकुटा, नुवाकोट, रुकुम पूर्व, हुम्ला, तथा जाजरकोटका प्रमुख जिल्ला अधिकारी तथा भक्तपुर र बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीसँगै त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख पनि हेरफेर गरिएको छ । गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव नारायणप्रसाद रिसाललाई नुवाकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।
यस्तै गृह मन्त्रालयकै अतिरिक्त समूहमा रहेका सहसचिव युवराज कट्टेललाई धनकुटाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

रुकुम पूर्वको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव कृष्ण खड्कालाई दिइएको छ भने जाजरकोटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी उपसचिव रामबहादुर शाहीलाई दिइएको छ ।
यस्तै भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकी उपसचिव सीता परियारलाई हुम्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलमा सरुवा भएको छ ।

यस्तै रिक्त रहेको भक्तपुरको सहायक प्रमुख जिल्ला अधिकारीमा भने बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माको सरुवा भएको छ । रिक्त रहेको बर्दियाको सहायक प्रमुख जिल्ला अधिकारीमा जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाको सरुवा भएको छ ।

प्रकाशित मिति:     ६ फाल्गुन २०७८, शुक्रबार  |    Himali Khabar