ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार

ह्याप्पी आवर र ड्रिमल्याण्ड होटल बन्द गर्न पर्यटन मन्त्रालयको पत्राचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरकारलाई राजस्व नबुझाउने दुई होटललाई बन्द गराउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको हो ।

नियमानुसार राज्यलाई बुझाउनुपर्ने कर बाफतको करोडौँ रुपैयाँ नबुझाउने ह्याप्पी आवर प्राली काठमाडौं र नेपालगञ्ज १० मा रहेको ड्रिमल्याण्ड होटल प्राली बन्द गराउन पत्राचार गरेको हो ।

मन्त्रालयले मन्त्रीस्तरिय निर्णय गर्दै होटल र आधुनिक मेशिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने खेल सञ्चालन बन्द गर्न भनेको छ ।

प्रकाशित मिति:     २७ माघ २०७८, बिहीबार  |    Himali Khabar