भोलिदेखि जोरबिजोर नियम हट्ने

भोलिदेखि जोरबिजोर नियम हट्ने

काठमाडौं । कोभिड संक्रमण नियन्त्रणका लागि भन्दै निजी सवारी साधनमा लागू गरिएको जोर बिजोरको नियम भोलि सोमबारबाट हट्ने भएको छ।

सार्वजनिक सवारीमा लागू भएको जोर बिजोर प्रणाली एक साताअगाडि नै हटे पनि ट्याक्सीसहित निजी सवारीमा जोर बिजोर प्रणाली लागू नै थियो।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले जोर बिजोर प्रणाली अटाउने तयारी गरेको हो। सवारी साधनमा लागू भएको जोर बिजोर सोमबारदेखि हट्ने र विद्यालय भने फागुन एक गतेदेखि भौतिक रुपमा कक्षा सञ्चालन गर्न दिने गरी तयारी भएको छ।

प्रकाशित मिति:     २३ माघ २०७८, आईतवार  |    Himali Khabar