सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द

सिनेमा हल र रात्रिकालीन व्यवसाय माघ १५ गतेसम्म बन्द

काठमाडौं । सरकारले कोरोनाको तेस्रो लहर रोकथाम गर्न एक महिने आदेश जारी गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले ‘कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रण आदेश २०७८’ जारी गरेको हो ।

आदेशमा माघ मसान्तसम्म सार्वजनिक स्थल, समारोह, सामाजिक कार्य आदिमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने उल्लेख छ । त्यस्तै पहिलो चरणमा सिनेमा हल र रात्रीकालीन व्यवसाय १५ दिन बन्द गर्नेसमेत आदेशमा उल्लेख छ । एक मन्त्रीका अनुसार एक महिने आदेशमा पनि कतिपय सेवाका सम्बन्धमा चरणवद्ध नियम लागू गरिएको छ ।

होटल , क्याफे र रेष्टुरेण्टमा खोपकार्डका आधारमा मात्रै प्रवेश दिन समेत आदेश गरिएको छ ।

प्रकाशित मिति:     ३० पुष २०७८, शुक्रबार  |    Himali Khabar