असोज दोस्रो साताबाट अग्रीम टिकट खुलाइने

असोज दोस्रो साताबाट अग्रीम टिकट खुलाइने

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्षित गरी यही असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाउने भएको छ । असोज २१ गते घटस्थापनाभन्दा १०, ११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको छ ।

यातायात व्यवस्था विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ ।
अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

सामान्य अवस्थामा दशैँतिहारभन्दा अघिको केही सातामा झण्डै २५ लाख यात्रु ओहोरदोहोर गर्ने भए पनि सङ्क्रमणका कारण त्यो सङ्ख्या यति हुन्छ भन्ने यकिन छैन ।

प्रकाशित मिति:     २ आश्विन २०७८, शनिबार  |    Himali Khabar