सङ्घीय सरकारी खर्च रोकियो

सङ्घीय सरकारी खर्च रोकियो

काठमाडौं । चालू आर्थिक वर्ष ०७८/७९ को अध्यादेश बजेटको प्रतिस्थापन विधेयक संसदबाट समयमा पारित नभएपछि देशमा बजेटविहीनताको अवस्था आएको छ ।

प्रतिनिधि सभामा प्रस्तुत सो विधेयकका प्रतिस्थान विधेयक बुधबारसम्म पारित हुनुपर्ने थियो । तर त्यसो नहुदा नेपालको बजेटको इतिहासमा यस्तो अवस्था पहिलो पटक आएको हो । विधायिकाको स्वीकृतिबिना खर्च गर्न नहुने प्रावधानकै कारण बुधबार रातिदेखि सङ्घीय सरकारी खर्च रोक्का भएको हो ।

सरकारी खर्च केही दिन रोकिने भए पनि राजस्व सङ्कलन भने नरोकिने जनाइएको छ । अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट वर्तमान सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गरेकोमा प्रमुख प्रतिपक्षी दलले संसदीय कारबाही अवरुद्ध गर्दा बजेट पारित कार्य प्रभावित भएको हो ।

प्रकाशित मिति:     ३१ भाद्र २०७८, बिहीबार  |    Himali Khabar