लाइसेन्सका लागि तत्काल फारम नखुल्ने

लाइसेन्सका लागि तत्काल फारम नखुल्ने

काठमाडौं । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (लाइसेन्स) का लागि तत्काल फारम नखुलाउने भएको छ। यसअघि फारम भरेका झण्डै छ लाख सेवाग्राही परीक्षामा सहभागी हुन पाएका छैनन्। ती परीक्षार्थीको परीक्षा नसकिएसम्म विभागले नयाँ फारम नखुलाउने भएको हो।

फारम भरेका झण्डै आधा परीक्षार्थी परीक्षामा सहभागी भएपछि मात्रै फारम खुलाइने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए। विभागले मिसनमा जाने सुरक्षाकर्मी र चालकका रुपमा रोजगारीमा जानेका लागि मात्रै अनुमतिपत्र दिने गरेको छ।

प्रकाशित मिति:     २३ भाद्र २०७८, बुधबार  |    Himali Khabar