वैदेशिक लगानीमा सञ्चालित आयोजनामा धम्की दिइएको भन्दै गृहको आपत्ति

वैदेशिक लगानीमा सञ्चालित आयोजनामा धम्की दिइएको भन्दै गृहको आपत्ति

काठमाडौं । वैदेशिक सहयोगमा सञ्चालित विकास आयोजना र त्यहाँ कार्यरत् कर्मचारीहरूलाई धम्कीपूर्ण अभिव्यक्ति दिइएको भन्दै गृह मन्त्रालयले आपत्ति जनाएको छ। शुक्रबार गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै विकास आयोजना कार्यान्वयनमा असुरक्षा महसुस हुने तथा वैदेशिक सम्बन्धमा नै आँच आउने गरी कुनै गतिविधि नगर्न–नगराउन मन्त्रालयले अनुरोध गरेको छ।

विगत केही समययता वैदेशिक सहयोगमा सञ्चालित आयोजना, कर्मचारी, विदेशी नागरिक र तिनको सम्पत्तिलाई लक्षित गरी प्रत्यक्ष–परोक्ष रुपमा सञ्चारमाध्यम, सामाजित सञ्जालमा नकारात्मक टिप्पणी गर्ने, धम्कीपूर्ण अभिव्यक्ति दिने गरिएको गृहको दाबी छ।

प्रकाशित मिति:     १९ भाद्र २०७८, शनिबार  |    Himali Khabar