कोरोनाले रोकिएको लाइसेन्सको ट्रायल आगामी शुक्रबारदेखि

कोरोनाले रोकिएको लाइसेन्सको ट्रायल आगामी शुक्रबारदेखि

काठमाडौं । चार महिनादेखि रोकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स)को ट्रायल आगामी शुक्रबारदेखि हुने भएको छ। लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्न यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयलाई पत्राचार गरिसकेको छ ।

काठमाडौं उपत्यकामा भदौ १८ गते ट्रायल शुरु हुने र उपत्यका बाहिर १५ दिनपछि हुने विभागले जनाएको छ।

पहिलो चरणको लकडाउनका कारण २०७६ चैत्रबाट बन्द भएको ट्रायलको कामलाई विभागले डिजिटल माध्यमबाट फारम भर्न मिल्ने गरी ७७ पुस १४ गतेबाट खुलाएका थियो । करिब ४ महिनापछि कोरोनाभाइरस न्यूनीकरणका लागि गरिएको दोस्रो चरणको लकडाउनसँगै गत वैशाख १६ गतेबाट लाइसेन्सको काम बन्द भएको थियो ।

प्रकाशित मिति:     १३ भाद्र २०७८, आईतवार  |    Himali Khabar