लाइसेन्स परीक्षाको मापदण्ड तय, यी हुन पालना गर्नुपर्ने मापदण्ड

लाइसेन्स परीक्षाको मापदण्ड तय, यी हुन पालना गर्नुपर्ने मापदण्ड

काठमाडौं । कोभिड–१९ र लकडाउनका कारण लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन हुने भएको छ। तोकिएका मापदण्ड पूरा गरेर अबको एक सातापछि परीक्षा सञ्चालन हुने यातायात व्यवस्था विभागले जनाएको छ। महामारीको जोखिम कायमै रहेकाले निश्चित मापदण्ड पालना गरी परीक्षा सञ्चालन गरिने विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी लोकनाथ भुसालले परीक्षार्थीहरूलाई ट्रायल हुने समय तोकी २४ घन्टाअगाडि जानकारी गराइने जानकारी दिए । तोकिएको समयमा उपस्थित नभए सो दिनका अन्य सिफ्टमा समेत सामेल हुन पाइने छैन् । परीक्षा सञ्चान गर्दा एक सिफ्टमा बढीमा ५० जना परीक्षार्थी मात्रै सामेल गराइने मापदण्डमा उल्लेख छ।

मापदण्डअनुसार परीक्षार्थीहरुले केन्द्रमा प्रवेश गर्नुअघि मास्क, स्यानिटाइजर र पिउने पानीको व्यवस्था आफैँ गर्नुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेट अगाडि मात्रै केन्द्रमा उपस्थित हुनुपर्ने छ।

प्रकाशित मिति:     ११ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar