नेपालमा राहदानी संग्राहलय स्थापना

नेपालमा राहदानी संग्राहलय स्थापना

काठमाडौं । नेपालको राहदानी प्रचलनको अभिलेख राख्ने उद्देश्यसहित राहदानी विभागले राहदानी सङ्ग्रहालय स्थापना गरेको छ । परराष्ट्र मन्त्रालयको महत्त्वपूर्ण अङ्गका रूपमा रहेको विभागले नेपालको राहदानीको इतिहास र वर्तमानलाई भविष्यको पुस्तासम्म पु–याउन राहदानी सङ्ग्रहालय स्थापना गरिएको हो ।

विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार नेपालमा राहदानी प्रयोगको इतिहास अभिलेखीकरण गर्न सङ्ग्रहालयले सघाउनेछ । विभागले नेपाली नागरिकको विदेश आवागमनका लागि कानुनी राहदानी जारी गर्नुका साथै त्यस्ता कागजपत्र व्यवस्थित गर्ने गर्छ ।

हालसम्म निकै पुराना दुईवटासहित ६० वटा राहदानी सङ्कलन भइसकेका छन् ।

प्रकाशित मिति:     ८ भाद्र २०७८, मंगलवार  |    Himali Khabar