कर्मचारी संचय कोषका प्रशासक गौतम बर्खास्तीमा

कर्मचारी संचय कोषका प्रशासक गौतम बर्खास्तीमा

काठमाडौं । कर्मचारी संचय कोषका प्रशासक तुलसी गौतमलाई सरकारले बर्खास्त गरेको छ । मन्त्रीपरिषद्को बिहीबार बसेको बैठकले गौतमलाई बर्खास्त गरेको हो ।

सरकार परिवर्तन भएपछि अर्थमन्त्री जनार्दन शर्माले प्रमुख प्रशासक गौतमलाई कानून विपतिर पदमा बसेको भन्दै राजीनामा गर्न भनेका थिए । तर पनि उनले राजीनामा दिएका थिएनन् । कोषको प्रशासक बन्नको लागि कोषको सञ्चयकर्ता हुनपर्छ। तर गौतमले निजामति कर्मचारीबाट अवकास भएपछि प्रशासक बनेका थिए ।

प्रकाशित मिति:     ६ भाद्र २०७८, आईतवार  |    Himali Khabar