भोलिदेखि लगातार तीन दिन बिदा

भोलिदेखि लगातार तीन दिन बिदा

काठमाडौं । सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले देशभरका नेवार समूदायलाई भदौ ७ गते गाईजात्राको अवसरमा सार्वजनिक दिने निर्णय गरेको हो । यसअघि सरकारले गाईजात्राको अवसरमा काठमाडौं उपत्यकामा मात्रै बिदा दिँदै आएको थियो ।

सरकारका प्रवक्ता तथा कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गाईजात्रा स्वास्थ्य मापदण्ड अपनाएर सांकेतिक रुपमा मनाउन पनि आग्रह गरे ।

त्यस्तै भदौ ५ गते शनिबार त्यसै विदा नै भइहाल्यो । भदौ ६ गते आइतबार जनैपूर्णिमा पनि विदा रहेको छ ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar