रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झा नियुक्त

रेल्वे कम्पनीको महाप्रबन्धकमा माधव नेपालनिकट निरन्जन झा नियुक्त

काठमाडौं । सरकारले नेपाल रेल्वे कम्पनीको महाप्रबन्धकमा निरन्जन झालाई नियुक्त गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल निकटका झालाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सप्तरीको राजविराजका झा एमालेको भातृ संगठन युवा संघका उपाध्यक्ष हुन्।
सरकारले स्पष्टीकरण सोधेका गुरू भट्टराईले महाप्रबन्धकबाट राजीनामा दिएपछि रिक्त पदमा झालाई नियुक्त गरिएको हो ।

प्रकाशित मिति:     ४ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar