उपत्यकामा निषेधाज्ञा कडाइ : मास्क नलगाउनेलाई जरिवाना

उपत्यकामा निषेधाज्ञा कडाइ : मास्क नलगाउनेलाई जरिवाना

काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसहित लम्ब्याउने तयारी भएको छ । सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले उपत्यकामा खुकुलो निषेधाज्ञासँगै कोरोना संक्रमण फैलिन थालेपछि थप कडाइका साथ निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालिप्रसाद पराजुलीले कोरोना संक्रमण फैलिन थालेसँगै निषेधाज्ञामा थप कडाइ गर्ने निर्णय भएको बताए । बैठकले सहायक सीडीओको संयोजकत्वमा निषेधाज्ञा अनुगमन समिति पनि गठन गरेको छ । गठन भएको समितिले आजदेखि नै काठमाडौं उपत्यकाको सार्वजनिक क्षेत्रहरुको अनुगमन गर्नेछ ।

वैशाख १६ देखि जारी निषेधाज्ञा साउन २० गते मध्यरातमा सकिँदैछ । त्यसअघि पुनः काठमाडौं, भक्तपुर र ललितपुरका सीडीओहरु कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग बैठक बस्नेछ।

प्रकाशित मिति:     १९ श्रावण २०७८, मंगलवार  |    Himali Khabar