मनसुनी विपद् पीडितलाई सरकारले २ करोड ८६ लाख रुपैयाँ दिने

मनसुनी विपद् पीडितलाई सरकारले २ करोड ८६ लाख रुपैयाँ दिने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णु पौडेलले मनसुनी विपद् पीडितलाई २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने बताएका छन् । आइतबार राष्ट्रिय सभा सदनमा बोल्दै पौडेलले प्रतिपरिवार ५० हजारका दरले राहत उपलब्ध गराइने जानकारी गराएका हुन ।

मन्त्री पौडेलका अनुसार असार १६ गतेसम्म ५ सय ७२ परिवार पूर्ण तथा आंशिक घर क्षतिमा परेका छन् । उनीहरूका लागि अस्थायी बसोबासको व्यवस्था गर्न सरकारले २ करोड ८६ लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । उनले भने,प्रतिपरिवार ५० हजारका दरले राहत दिन प्रक्रिया अघि बढाइएको छ ।’

प्रकाशित मिति:     २० असार २०७८, आईतवार  |    Himali Khabar