एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली सन्चालनमा

एकिकृत ‘रियल टाइम’ सरकारी वित्त प्रणाली सन्चालनमा

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले सरकारी वित्त प्रणाली ‘एलएमबीआइएस’, एकल खाता कोष प्रणाली ‘टीएसए’ र ‘सीगास’बीच एकिकरण गर्दै ‘रियल टाइम’ एकीकृत सरकारी वित्त प्रणाली सञ्चालनमा ल्याएको छ ।

रियल टाइम प्रणाली सञ्चालनमा आएसँगै अर्थमन्त्रालयको ‘एलएमबीआइएस’मार्फत् विनियोजन भएको बजेट सम्बन्धी सरकारी कार्यालयलाई खर्चका लागि अनुमति दिने र त्यसको भरौचर उठाउने काम एकैसाथ सम्पन्न हुने छ । अर्थमन्त्रालयको बजेट व्यवस्थापन प्रणाली ‘एलएमबीआइएस’, कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत खर्च गर्ने प्रणाली ‘टीएसए’, र भौचर उठाउने कम्प्यूटराइज्ड सरकारी लेखा प्रणाली’सीगास’लाई रियल टाइम प्रणालीभित्र एकीकरण सम्पन्न भएको महालेखा नियन्त्रक मधुकुमार मरासैनीले बताए ।

अब तीन खाता मध्ये कुनै पनि खातामा गरिएको प्रविष्टिको विवरण एकै साथ तीन वटै प्रणालीमा जाने छ ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०७८, सोमबार  |    Himali Khabar