काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता लम्बिने भएको छ। काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच यस विषयमा छलफल भइरहेको बताइएको छ।

असार १ देखि केही खुकुलो पार्ने चर्चा चलेको थियो । तर कोरोना संक्रमणदर उल्लेखनीय रूपमा नघटेको हुनाले यही परिस्थितिमा निषेधाज्ञालाई जारी राख्नुपर्ने मनस्थितीमा प्रमुख जिल्ला अधिकारीहरु पुगेको बताइएको छ। निषेधाज्ञामा निर्माणजन्य कार्यलाई निरन्तरता दिइने छ।

बिहान ९ बजेसम्म मात्र किराना पसल तथा तरकारी पसल खुल्दै आएकोमा अब एक घन्टा थपेर १० बजेसम्म खुल्न दिइने छ। उपत्यकामा निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी गरिएको थियो।

प्रकाशित मिति:     २८ जेष्ठ २०७८, शुक्रबार  |    Himali Khabar