काठमाडौं । सरकारले जेठ महिनामा नयाँ कोरोना संक्रमितको संख्या बढ्ने प्रक्षेपण गरेको छ । स्वास्थ मन्त्रालयका अनुसार १ लाख ७ हजार बढी नयाँ संक्रमित थपिने छन् ।
जसमध्ये अक्सिजन, हाइडिपेन्डेन्सी युनिट, आइसीयू र भेन्टिलेटरमा गर्ने बिरामी थपिने सरकारको आंकलन छ । संक्रमितमध्ये ८० हजार ६ सय जनाको सामान्य अवस्था रहने छ । १० हजार ७५ अर्थात १० प्रतिशत अक्सिजनसहित अस्पतालमा उपचाररत रहने छन् । जटिल केसका ७ हजार ५३ जना अर्थात ७ प्रतिशत एचडीयू र ३ हजार २३ अर्थात ३ प्रतिशत संक्रमित बिरामी आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान मन्त्रालयको छ ।
यस्तै असार महिनामा १ लाख २३ हजार बढी कोरोना संक्रमित हुने अनुमान गरिएको छ । जसमध्ये ८० प्रतिशत संक्रमित सामान्य अवस्था रहने छन् । १० प्रतिशत अर्थात १२ हजार ३ सय २६ जनालाई अक्सिजन आवश्यकता पर्ने छ । ७ प्रतिशत संक्रमित बिरामीलाई एचडीयू चाहिने अनुमान गरिएको छ । र ३ हजार ६ सय ९८ अर्थात् ३ प्रतिशतलाई आईसीयू र भेन्टिलेटरमा उपचार गर्नुपर्ने अनुमान गरिएको छ ।