प्रहरीले ७,३२२ जनालाई निःशुल्क मास्क वितरण गर्यो

प्रहरीले ७,३२२ जनालाई निःशुल्क मास्क वितरण गर्यो

काठमाडौं। कोभिड-१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा ७,३२२ जनालाई निःशुल्क मास्क वितरण गरेको छ। ‘तपाईंको मास्क खोई?’ कार्यक्रमअन्तर्गत ती मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।

केही दिनयता प्रहरीले निःशुल्क मास्क वितरण गर्दै आएको छ। मास्क नलगाई हिँडेकाहरूलाई मास्क वितरण गरिएको हो। काेभिडकाे संक्रमण बढ्दै गएपछी प्रहरीले नागरिकलाई सुरक्षित राख्न विभिन्न सचेतना मुलक कार्यक्रम सन्चालन गर्दै आएको छ ।

प्रकाशित मिति:     २३ बैशाख २०७८, बिहीबार  |    Himali Khabar