भोलिदेखि काठमाडौं उपत्यका छाड्न स्थानीय तहको सिफारिस अनिवार्य

भोलिदेखि काठमाडौं उपत्यका छाड्न स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यका छाड्न नपाइने भएको छ। यदि उपत्यका छोड्नैपर्ने भएमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य गरिएको छ।

मंगलबार उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा भएका यदि कसैले बाहिरिन चाहेमा सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य लिनुपर्नेछ । सोही निर्णयमा उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्य रुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिवद्धतासहितको सिफारिसका आधारमा गन्तव्यस्थलसम्म जान दिने उल्लेख छ ।

प्रकाशित मिति:     २१ बैशाख २०७८, मंगलवार  |    Himali Khabar