लाइसेन्सको अनलाइन आवेदन बिहीबारदेखि अनिश्चितकालका लागि बन्द

लाइसेन्सको अनलाइन आवेदन बिहीबारदेखि अनिश्चितकालका लागि बन्द

काठमाडौं । सवारीचालक अनुमतिपत्र को अनलाइन आवेदन प्रणाली बिहीबारदेखि अनिश्चितकालका लागि बन्द हुने भएको छ।

यातायात व्यवस्था विभागले एक सुचना निकालेर विश्वभरी फैलिदै गइरहेको नयाँ भेरिण्टको कोभिड १९ महामारीका कारण अर्को सुचना प्रकाशन नभएसम्मका लागि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरिएको जनाएको छ।

पछिल्लो समय सरकारले लाइसेन्सको अनलाइन प्रणाली जतिवेला पनि भर्न मिल्ने गरि अनलिमिटेड बनाएको थियो। धेरै सेवाग्राहीले आवेदन नै दिन नपाएको भन्दै गुनासो गरेपछि सबैले भर्न पाउने गरि अनलिमिटेड बनाइएको थियो।

प्रकाशित मिति:     १४ बैशाख २०७८, मंगलवार  |    Himali Khabar