काठमाडौं । नेपाली काग्रेसका प्रभावशाली नेता पदमराज जोशीले यसपटक प्रत्यक्ष निर्वाचन लड्ने घोषणा गर्नुभएको छ । शुक्रबार कीर्तिपुरमा डोटीलगायत सुदूरपश्चिमघर भई काठमाडौंमा अध्ययनरत विद्यार्थीहरुसँगको अन्तरक्रियामा उहाँले चुनाव लड्ने घोषणा गर्नुभएको हो । डोटीमा एउटा मात्र निर्वाचन क्षेत्र छ । जहाँ ०७४ को निर्वाचनमा वाम गठबन्धनका प्रेम आलेले कांग्रेसका विरबहादुर बलायरलाई पराजित गरेका थिए ।
अन्तरक्रियामा डोटीका पुराना नेता जोशीले यसपटक पार्टीले आफ्नो योगदानको मूल्यांकन गर्दै डोटीमा पार्टीको साख फर्काउन उमेदवार बनाउने विश्वास व्यक्त गरे । अन्तरक्रियामा सहभागि विद्यार्थीहरुले जोशी ४० वर्षदेखि डोटीको विकासमा योगदान गरेको व्यक्ति भएकाले डोटेली जनताको विकासको चाहना पूरा गर्न जोशीलाई उमेदवार बनाउनुपर्नेमा जोड दिएका थिए । ०७४ मा जोशीको नाम डोटीबाट समानुपातिकको सूचीमा राखिएको थियो । डोटी कांग्रेसका उपसभापति रहिसकेका जोशी नेपाल भारत विश्व मैत्री संघको वरिष्ठ उपाध्यक्ष भएर विकास निर्माणको काममा सहयोग पु¥याउाँदै आउनुभएको छ ।