काठमाडौं । नेपाल पर्यटन व्यवसायी संघ (निट) का सदस्य शिव प्रसाद पौडेललाई गाँउ पर्यटन प्रवर्द्धन मञ्च नेपाल (भिटोफ) ले केन्द्रिय सल्लाहकार बनाएको छ।
भिटोफको कामकाजलाई थप प्रभावकारी बनाउन कार्यसमितिको चौथो पुर्ण बैठकले आगामी २ बर्षे कार्यकालका लागि उनलाई सल्लाहकारमा मनोनीत गरेको हो ।
पौडेल व्यवसायीसंगै रसुवाको नेपाली काङ्ग्रेसका युवा नेता समेत हुन ।
उनीसंगै सल्लाहकारमा प्रा डा प्रेम शर्मा, रविजग पाण्डे, अशोह सिलवाल र दीपक दाहालालाई नियुक्त गरेको छ। यस्तै कानुनी सल्लाहकार सरस्वती श्रेष्ठ रहेनेछिन्।