बीबीसी । लगातार घटिरहेको डिजिटल मुद्रा बिटक्वाइनको भाउ ३४ हजार डलरमा झरेको छ । बजार मूल्यका हिसाबले विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी गत नोभेम्बर उचाइमा पुगेदेखि ५० प्रतिशतले घटिसकेको छ ।
विश्वव्यापी शेयर बजारमा गिरावट आइरहेका बेला डिजिटल सम्पत्तिमा पनि प्रभाव परेको देखिएको छ । सोमबार एसियाली बजारहरूमा पनि गिरावट देखा परेको थियो ।
डिजिटल मुद्राको बजारमा बिटक्वाइन एक्लैको योगदान एक तिहाइ जति छ । कुल क्रिप्टो बजार अहिले ६४० अर्ब डलरबराबरको छ ।
बिटक्वाइनपछि एथेरम दोस्रो ठूलो क्रिप्टोकरेन्सी हो । यसको मूल्य पनि गत साता १० प्रतिशतले घटेको थियो ।