नुवाकोटको तार्केश्वरमा काङ्ग्रेसले शिव अधिकारीलाई उम्मेदवार बनाउने

नुवाकोटको तार्केश्वरमा काङ्ग्रेसले शिव अधिकारीलाई उम्मेदवार बनाउने

नुवाकोट । आसन्न बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नुवाकोटको तार्केश्वर गाउँपालिकामा नेपाली काङ्ग्रेसले युवा नेता शिव अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेस नुवाकोटको हिजो दिउँसोदेखि आज विहार ३ बजेसम्म चलेको छलफल पछि अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । समाजिक कार्यका कारण अधिकारी नुवाकोटमा चर्चित अनुहार हो । नेपाली काङ्ग्रेस नुवाकोटले तार्केश्वरमा गठबन्धन गर्ने निर्णय गरेको छ । उपाध्यक्ष नेकपा माअाेवादि केन्द्रले पाउने छ । तर उसले उम्मेदवारको टुंगो लगाइसकेको छैन । यो संगै अध्यक्षमा अधिकारी र एमालेका उम्मेदवार रमेश वस्थी बिच प्रतिस्पर्धा हुने भएको छ । एमाले हिजै मात्र उनलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको बताइएको छ ।

प्रकाशित मिति:     ११ बैशाख २०७९, आईतवार  |    Himali Khabar