काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको ब्याजदर ७ प्रतिशत पुर्याएको छ । यसअघिको सहुलियतपूर्ण पुनरकर्जाको ब्याजदरको सीमालाई २ प्रतिशत बढाउँदै बैंकले ७ प्रतिशत पुर्याएको हो ।
पछिल्लो समय बैंकिङ तरलता अभावको समस्या भोगिरहेकै बेला चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले मौद्रिक नीति मार्फत पुनरकर्जाको ब्याजदर समेत २ प्रतिशतले वृद्धि गर्ने नीति लिएको थियो । सोही नीति बमोजिम मंगलबार राष्ट्र बैंकले पुनरकर्जा कार्यविधि, २०७७ को चौथो पटक संशोधन गर्दै ब्याजदर वृद्धि गरिएको जनाएको हो ।