विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिकाबारे राष्ट्रियस्तरको अन्तरक्रिया सम्पन्न

विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिकाबारे राष्ट्रियस्तरको अन्तरक्रिया सम्पन्न

काठमाडौं । विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको भूमिका बढाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । आज काठमाडौंमा सम्पन्न विपद् जोखिम न्यूनिकरणमा नीजि क्षेत्रको जिम्मेवारी र दायित्व विषयक राष्ट्रियस्तरको अन्तरक्रियामा सरोकारवालाहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा.डिजन भट्टराई, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव ॠषि आचार्य, डीपीनेटका निमित्त अध्यक्ष डा राजु थापा,भिएसओ नेपालका कार्यक्रम व्यवस्थापक हंशराज जोशी, फ्रेन्ड्स सर्भिस काउन्सिल नेपालका अध्यक्ष सरोज केसीसहित उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक गोकर्ण अवस्थी, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधि लगायत थुप्रै निजि क्षेत्रका सरोकारवालाहरुका्े उपस्थिती रहेको थियो । विपद् व्यवस्थापनमा प्रतिकार्य तथा जोखिम न्यूनिकरणको क्षेत्रमा समुदाय,निजि क्षेत्र र सरकारी पक्षलाई समानान्तर तरिकाले जिम्मेवारी र दायित्व वहन गर्नका लागि आवश्यक पर्ने कुराहरुमा अन्तरक्रिया केन्द्रित थियो ।

प्रकाशित मिति:     ४ चैत्र २०७८, शुक्रबार  |    Himali Khabar