काठमाडौं । सोमबार ब्रोकर डाटा सेन्टरमा आएको समस्या समाधान नभएपछि नेप्सेले सेयर कारोबार बन्द भयो । पौने पाँच बजेसम्म पनि समस्या समाधान नभएपछि कारोबार बन्द गरिएको हो ।
सोमबार १२ः५३ बजेदेखि नेप्सेको कारोबार रोकिएको हो । यो समस्याको कारण सोमबार गत बिहीवार सेयर बिक्री गरेकाले भुक्तानी नै पाएन्न । बिहीबार सेयर बिक्री गरेकाहरुको हिजो आइतबार सेट्लमेन्ट भएपनि आज पनि खातामा पैसा आएको छैन ।
ब्रोकरहरुले डाटा सेन्टरमा आएको समस्याले सोमबार कुनैपनि काम नभएको प्रतिक्रिया दिएका छन् । भोलि समस्या समाधान भएपछि मात्र बिक्रीकर्ताले भुक्तानी पाउने छन । यो समस्याले गर्दा लाखौं लगानीकर्ता मारमा परेका छन् ।
आइतबार ४ अर्ब ८७ करोड रूपैयाँ बराबरको कारोबार भएको छ । त्यस आधारमा २ अर्ब ४३ करोड ५० लाखको भुक्तानी हुन बाकी छ ।