पर्सा । भन्सार छली गरि भारतबाट ल्याइएको ट्रक र कन्टेनरसहित प्रहरीले दुई जना चालकलाई नियन्त्रणमा लिएको छ।पर्सा प्रहरीले करिब ९० लाख रुपैयाँ बराबरको सामान बोकेका ट्रक र कन्टेनरलाई आइतबार र सोमबार नियन्त्रणमा लिएको हो।
पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार भन्सार छलेर ल्याइएका मालवस्तु र हार्डवेयरका सामान बोकेको उक्त कन्टेनर वीरगन्ज महानगरपालिका-१५ बाट आइतबार साँझ साढे ५ बजे नियन्त्रणमा लिइएको हो।
यस्तै, वीरगञ्जबाट लत्ताकपडा, जुत्ता र खुद्रा मालवस्तु लोड गरेर रुपन्देही लैजाँदै गरेको अवस्थामा सोमबार दिउँसो एउटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।