काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ १० महिना यताकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार एक अमेरिकी डलरको भाउ नेरू १२२.१६ पुगेको छ।
डलरको तुलनामा नेपाली रुपैयाँ १० महिनाकै कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि एक डलरको भाउ १२२ रुपैयाँ १६ पैसा तोकेको छ। जुन मूल्य १० महिना अगाडिको विन्दुमा पुगेको हो।
यसअघि २०७७ असार ९ गते हालसम्मकै उच्च मूल्य विन्दुमा पुगेको थियो। डलरको भाउ २०७७ वैशाख १० गते १ डलरको १२२ रुपैयाँ ६८ पैसा पुगेको थियो।