खोटाङ । खोटाङमा प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषको व्याजबाट कडा रोगबाट ग्रसित भएका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको छ ।
स्वास्थ्य कार्यालय अन्तरगत प्रदेश महिला स्वास्थ्य स्वयंसेविका कोषमा रहेको ५२ लाखको बीउ पुँजीबाट तीन वर्षमा जम्मा भएको ८ लाखबढी रकमलाई मुटु, मिर्गौला, क्यान्सर, अल्जाइमर, , हेड इन्जुरी, स्पाइनल इन्जुरी लगायतका कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकाको उपचारका लागि राहत स्वरुप प्रदान गर्ने निर्णय गरिएको हो ।
कडा रोग लागेका महिला स्वास्थ्य स्वयंसेविकालाई राहत स्वरुप जनही ५० हजारका दरले सहयोग उपलव्ध गराउने निर्णय गरेको हो ।