आयल निगमको कार्यकारी निर्देशक नियुक्ती प्रक्रिया सुरु

आयल निगमको कार्यकारी निर्देशक नियुक्ती प्रक्रिया सुरु

काठमाडौं । सरकारले खुला प्रतिस्पर्धाबाट नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन माग गरेको छ।

कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले २१ दिनको समय अवधि राखेर आवेदन मागेको हो। निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल कार्यकाल सकाएर २२ गते बाहिरिएका थिए।

प्रकाशित मिति:     २५ पुष २०७८, आईतवार  |    Himali Khabar