सिडिओ र प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

सिडिओ र प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न गृहको सर्कुलर

काठमाडौं । गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखलार्ई एकैसाथ जिल्ला नछाड्न सर्कुलर जारी गरेको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले जिल्लाको शान्ति सुरक्षालार्ई मध्यनजर गरी एकैचोटी जिल्ला नछाड्न सर्कुलर जारी गरिएको जानकारी दिए । उनले गृहमन्त्रालय अरु मन्त्रालय जस्तो नभइ चौविसै घण्टा सेवा दिनुपर्ने विशिष्ट खालको रहेको जानकारी दिँदै असहज अवस्थामा पनि दिनरात नभनी काम गर्ने कर्मचारीप्रति सम्मान प्रकट गरे ।

राज्य प्रणाली सञ्चालनको मूल आधारशिला भनेको राष्ट्रसेवक कर्मचारी रहेको र जुनसुकै परिस्थितिको सामना गर्न तयार हुनुपर्ने सुझाव दिए ।

कर्मचारीले जनता आउँदा सेवा राम्रो दिन सक्नुपर्नेमा जोड दिँदै गृहमन्त्री खाँणले अहिले दुई घण्टा लाग्दै आएको कामलार्ई डेढ घण्टा र छ घण्टा लाग्दै आएको कामलार्ई पाँच घण्टामा सम्पन्न गरे पनि सेवाग्राहीमा ठूलो राहत हुनेतर्फ ध्यानाकर्षण गराए ।

प्रकाशित मिति:     २३ पुष २०७८, शुक्रबार  |    Himali Khabar