वाशिङटन डीसी । अमेरिकामा मुद्रास्फीति ४० वर्षयता नदेखिएको स्तरमा बढेको छ ।
सरकारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नोभेम्बरमा मुद्रास्फीति ६ दशमलव ८ प्रतिशतले बढेको छ । मुद्रास्फीतिमा भएको यो वृद्धि सन् १९८२ यताकै उच्च हो । यसले आर्थिक पुनःबहालीमा दबाब सृजना गरेको छ ।
समीक्षा अवधिमा विविध खालका वस्तु र सेवा मापन गर्ने उपभोक्ता मूल्य सूचक गत वर्षको सोही अवधिको तुलनामा ६ दशमलव ८ प्रतिशतले बढेको छ । वृद्धिको यो दर सन् १९८२ को जुनयताकै उच्च हो ।
अघिल्लो महिनाको तुलनामा भने वृद्धि शून्य दशमलव ८ प्रतिशत भएको बताइएको छ । खानेकुरा र ऊर्जाको मूल्य बाहेकको कोर सीपीआई भने मासिक शून्य दशमलव ५ प्रतिशत र वार्षिक ४ दशमलव ९ प्रतिशतले बढेको छ ।
यो पनि सन् १९९१ को मध्ययताकै उच्च हो ।