कोरोना त्रास : दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

कोरोना त्रास : दक्षिण अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई मध्यनजर राखेर सरकारले दक्षिण अफ्रिकी मुलुकका नागरिकलाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

गृहमन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका स्थानीय प्रशासन कार्यालयलाई दक्षिण अफ्रिकी मुलुकका नागरिकहरुलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको गृह प्रवक्ता फणीन्द्रमणि जानकारी दिए ।

प्रकाशित मिति:     १२ मंसिर २०७८, आईतवार  |    Himali Khabar