काठमाडौं । २५ कात्तिकदेखि सुरु भएको राष्ट्रिय जनगणना ९ मंसिरमा सम्पन्न भएको छ । जनगणनामा लिपुलेक, लिम्पियाधुरा, कालापानी र छिटपुट घरपरिवारबाहेक सबै जनसंख्या सहभागी भएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ।
मंसिर मसान्तसम्म देशभरबाट तथ्यांक भरिएका प्रश्नावली जम्मा गर्ने र पुसदेखि डाटा इन्ट्री थालिने विभागले जनाएको छ। डाटा इन्ट्र सुरु गरेको दुई महिनाभित्रै प्रारम्भिक तथ्यांक सार्वजनिक गर्ने विभागको तयारी छ ।