नबिल बैंकका सेयरधनिले३८ प्रतिशत लाभांश पाउने

नबिल बैंकका सेयरधनिले३८ प्रतिशत लाभांश पाउने

काठमाडौं । नबिल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/ ७८ को सञ्चित मुनाफाबाट कुल ३८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलवार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ३३ दशमलव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ४ दशमलव ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

हाल कम्पनीको चुक्तापूँजी १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले लाभांश वितरणको तयारी गरेको हो ।

प्रकाशित मिति:     १७ कार्तिक २०७८, बुधबार  |    Himali Khabar