मंसिरदेखि २० युनिटसम्म बिजुली बाल्नेलाई ३० रुपैयाँ लाग्ने, अन्यमा कति ?

मंसिरदेखि २० युनिटसम्म बिजुली बाल्नेलाई ३० रुपैयाँ लाग्ने, अन्यमा कति ?

काठमाडौं । २० युनिटसम्म बिजुली प्रयोग गर्ने उपभोक्ताले अब मासिक न्यूनतम शुल्क ३० रुपैयाँ मात्रै महशुल तिरे पुग्ने भएको छ । इनर्जी शुल्क भने निःशुल्क हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले गरेको प्रस्ताव अनुसार नै आयोगले न्यूनतम शुल्क कायम राखेर अन्य शुल्क नलाग्ने व्यवस्था गरेको हो । आयोगका अनुसार ग्राहस्थ उपभोक्ताका लागि औसतमा २.८४ प्रतिशत मात्रै महशुल घटेको छ ।
सिंगल फेजबाट मासिक १५१ देखि २५० यूनिटसम्म बिजुली खपत गर्ने ५ एम्पियर, १५ एम्पियर र ३० एम्पियरका ग्राहस्थ उपभोक्ताको महशुलमा २५ रुपैयाँले कटौती गरी क्रमशः १००, १२५ र १५० कायम गरिएको छ ।

त्यस्तै, ४०० युनिटभन्दामाथि खपत गर्ने ग्राहकको महशुलमा पनि २५ रुपैयाँ घटाइएको छ । अब न्यूनतम १५० देखि अधिकतम २५० कायम गरिएको छ ।

प्रकाशित मिति:     १० कार्तिक २०७८, बुधबार  |    Himali Khabar