काठमाडौं । संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरमा एक जना डेनिस नागरिकको मृत्यु भएको छ। शिविरमा डेनमार्कका हेन्रिक थोर्वजन एडर्शनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका सूचना अधिकारी शुभेष अधिकारीले जानकारी दिए।
उनी मकालु हिमाल आरोहणका लागि मकालु आधार शिविर पुगेका थिए। प्रहरी कार्यालयका सूचना अधिकारी शुभेष अधिकारीका अनुसार थोर्वजन एडर्शनको मकालु आधार शिविरभन्दा केही माथि शनिबार दिउँसो मृत्यु भएको हो। गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालुतर्फ आधार शिविर गएका थिए।