पर्यटन प्रवर्द्धनका लागि बोर्ड र टाइबीच सम्झौता

पर्यटन प्रवर्द्धनका लागि बोर्ड र टाइबीच सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटिबी) र भारतको ट्रावल एजेन्टस् एसोसिएसन अफ इन्डिया (टाई) बीच दुवै देशको पर्यटन प्रर्वद्धन गर्न आसपी सहकार्य गर्ने सम्झौता भएको छ । अक्टुबर २२ तारिखमा नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मी र ट्रावल एजेन्टस् एसोसिएसन अफ इन्डियाका अध्यक्ष ज्योती मायालले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार बोर्ड तथा टाइले आयोजना गर्ने पर्यटन प्रर्वद्धनका विभिन्न कार्यक्रमरु इभेन्ट,रोड सो, वेवीनार जस्ता कार्यक्रमहरुमा आपसी सहकार्य गर्ने तथा दुवै देशमा आयोजना हुने राष्ट्रिय तथा क्षेत्रीय कार्यक्रम, ट्राभल मार्ट जस्ता कार्यक्रममा आमन्त्रण गर्ने लगायतका विषयहरु समावेश छन् । भारत नेपालको प्रमुख पर्यटकीय स्रोत बजार रहेकोले यस सम्झौताले नेपालको पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए । एक अर्को देशमा भएका पर्यटन प्रर्वद्धनका राम्रा अभ्यास आदान–प्रदान गर्दा दुवै देशको पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने उनको भनाई छ ।

प्रकाशित मिति:     ७ कार्तिक २०७८, आईतवार  |    Himali Khabar