काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल लगानीमा ब्याजदर नबढ्ने बताएका छन् । वाणिज्य बैंकहरूले निक्षेपमा ब्याजदर बढाईरहेको सन्दर्भ तथा चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षाको पूर्वसन्ध्यामा नेपाल उद्योग परिसंघ (सीएनआई)को प्रतिनिधिमण्डलसँगको भेटमा गभर्नर अधिकारीले ब्याजदर स्थिर राख्दै औद्योगिकीकरण प्रवद्र्धन हुने नीतिगत व्यवस्था गर्ने बताएका छन् ।
गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाको ब्याजदर बाञ्छित सीमाभित्र राख्ने विषयमा राष्ट्र बैंक सधैं चनाखो रहेको उल्लेख गरे । गभर्नर अधिकारीले बजारमा देखिएको अस्वस्थ प्रतिस्पर्धालाई कम गर्न राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको पनि जानकारी दिए । उनले लगानीको ब्याजदर स्थिर हुने राष्ट्र बैंकको अपेक्षा परिसंघका प्रतिनिधिमण्डलसँगको भेटमा धारणा राखेका थिए ।