डीडीसीका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

डीडीसीका महाप्रवन्धकलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । भ्रष्टाचारलाई प्रोत्साहन गरेको भन्दै पूर्ण सरकारी स्वमित्वको दुग्ध विकास संस्थान (डीडीसी) का कर्मचारी व्यवस्थापन विरुद्ध आन्दोलित भएका छन् । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाइमा सुरु भएको आन्दोलनले महाप्रबन्धक रुद्रप्रसाद पौडेल र निमित्त उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई दुई दिनदेखि कार्यालय प्रवेशमा रोक लगाएको छ ।

कर्मचारी संघका संघका महासचिव आयुव अली खानले असोज दुई गतेदेखि महाप्रबन्धक पौडेल र निमित्त महाप्रबन्धक अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगाइएको छ । संस्थानको आन्तरिक लेखापरीक्षण र महालेखाको प्रतिवेदनले औंल्याएको भ्रष्टाचारमा संलग्नलाई व्यवस्थापनले जोगाउन खोजेपछि आन्दोलन गर्नु परेको महासचिव खानले दावी गरे । संस्थानको हित र कर्मचारीको भविष्यप्रति नेतृत्व उदासिन भएको पनि उनको दावी छ ।

प्रकाशित मिति:     ५ कार्तिक २०७८, शुक्रबार  |    Himali Khabar