कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ, दोस्रोमा सिंगापुर एयरलाइन्स

कतार एयरवेजले पायो विश्वकै उत्कृष्ट एयरलाइन्सको रेटिङ, दोस्रोमा सिंगापुर एयरलाइन्स

काठमाडौं । यात्रुहरूमाझ गरिएको एउटा सर्वेक्षणबाट कतार एयरवेज विश्वकै उत्कृष्ट एयरलाइन्सको रुपमा छनौट भएको छ। कोरोना महामारीकै बीचमा १ करोड ३० यात्रुमाझ गरिएको सर्वेक्षणबाट सबैभन्दा धेरै यात्रुले कतार एयरवेजलाई उत्कृष्ट ठहर गरेका थिए।

यात्रुमाझ सर्वेक्षण गरेर एयरलाइन्सको रेटिङ गर्दै आएको स्काइट्रयाक्सले सन् २०२० मा रेटिकङ स्थगन गरेको थियो। संसारभरका ३५६ एयरलाइन्सलाई सर्वेक्षणमा राखिएको थियो। अनलाइन बुकिङ, चेकइन प्रक्रिया, एयरलाइन्सका कर्माचारीको व्यवाहर, सिट सहजता, गुणस्तरीय खाना र मनोरञ्जन जस्ता विषयमा यात्रुहरूलाई सर्वेक्षणका क्रममा प्रश्नावली राखिएको थियो।

यस्तै दोस्रोमा सिंगापुर एयरलाइन्स, तेस्रोमा एनएन अल निप्पोन एयरवेज, चौथोमा इमिरेट्स, पाँचौंमा जापान एयरलाइन्स र छैटौंमा क्याथे प्यासिफिक एयरवेज रहेका छन् ।

प्रकाशित मिति:     ३ कार्तिक २०७८, बुधबार  |    Himali Khabar