नेपालको पासपोर्ट संसारकै खराब सूचीमा

नेपालको पासपोर्ट संसारकै खराब सूचीमा

काठमाडौं । नेपालको पासपोर्ट संसारकै खराब सूचीमा परेको छ। विश्वव्यापी नागरिक आवाश परामर्श कम्पनी हेन्ली एण्ड पार्टनरले सार्वजनिक गरेको पासपोर्ट सूचकमा नेपालको पासपोर्ट खराबमध्येको सूचीमा परेको छ।

११६ स्थानमध्ये नेपालको पासपोर्ट ११०औँ स्थानमा छ। प्यालेस्टाइन र नेपाल एउटै र्‍यांकिङमा छन्। नेपालभन्दा उत्तर कोरियाको पासपोर्ट एक स्थान माथि छ। नेपाली पासपोर्टधारी ३७ गन्तव्यमा अनअराइभल भिसा पाउँछन्। नेपालभन्दा तल सोमालिया, यमन, पाकिस्तान लगायत रहेका छन्।

प्रकाशित मिति:     २१ आश्विन २०७८, बिहीबार  |    Himali Khabar