काठमाडौंमा पाकेट मार्ने २०७ जना पक्राउ

काठमाडौंमा पाकेट मार्ने २०७ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट दुई सय सात जना पाकेटमार तथा चोरहरू पक्राउ परेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

सोमबार परिसरमा पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो। दशैंतिहारमा घर फर्किनेहरूको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको हो।

प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको एसएसपी सिंहले बताए। प्रहरीले यातायात व्यवसायहरूको संयुक्त समन्वयमा अपरेसन गरेको हो।

प्रकाशित मिति:     १८ आश्विन २०७८, सोमबार  |    Himali Khabar