मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु

मनास्लु हिमाल चढ्दा क्यानडाका आरोहीको मृत्यु

गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–१ स्थित मनास्लु हिमाल आरोहण गर्ने क्रममा एक विदेशी नागरिकको मृत्यु भएको छ । ३७ बर्षका क्यानडियन नागरिक ब्रेन्ट सिलको मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मनास्लु हिमालको चौथो बेसक्याम्प भन्दा अन्दाजी एक सय मिटर माथिको उचाइमा पुगेका बेला उनी अचानक बेहोस भएर ढलेका थिए ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar