गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको मनास्लु हिमालको आरोहण गरेकी छिन् । आज बिहान साँढे १० बजे राजकुमारी शेखाले विश्वकै आठौँ अग्लो गोरखाको मनास्लुको सफल आरोहण गरेकी हुन् ।
उनीसँगै अन्यले पनि हिमाल आरोहण गरेका छन् । उनीहरुलाई कीर्तिमानी आरोही मिङ्मा डेविड शेर्पा, निर्मल पुर्जा र मिङ्मा तेञ्जिङ शेर्पाले गाइड गरेका थिए । यसअघि गत वसन्त ऋतुमा राजकुमारी अल थानी विश्वका सात महादेशका सात सर्वोच्च शिखर आरोहण गर्ने र दुई ध्रुवमा पाइला राख्ने लक्ष्यसहित सगरमाथा आरोहणका लागि नेपाल आएकी थिइन् ।