बुधबार पनि सेयर बजारमा पहिरो

बुधबार पनि सेयर बजारमा पहिरो

काठमाडौं । बुधबार सेयर बजारमा ४० अंकको पहिरो गएको छ। यस दिन ४०.२६ अंकले घटेर परिसूचक २८८९ विन्दुमा झरेको छ।

कारोबार रकम ५ अर्ब ३५ करोडमा खुम्चिएको छ। यस दिन सबै समूहहरु घटेका छन्। बैंकिङ २०, विकास बैंक ११६, फाइनान्स ८६, होटल तथा पर्यटन ७९, जलविद्युत ७२, लगानी १, जीवन बीमा १७५ अंकले घटेका छन्। त्यस्तै उत्पादन समूह ७३, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा २७२, ब्यापार २७ र अन्य समूह २१ अंकले घटेका छन्।

मनकामना स्मार्ट लघुवित्तको मूल्य ८ प्रतिशतले बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ६।६ प्रतिशतले बढ्यो। त्यस्तै छ्याङ्दी हाइड्रोपावरको ४ प्रतिशतले मूल्य बढ्यो।

यस दिन एनआइबिएल समृद्धि फण्डको मूल्य सबैभन्दा धेरै ६।८ प्रतिशतले घट्यो। हिमालय उर्जा विकास कम्पनीको मूल्य ५।८ प्रतिशतले घट्दा गोर्खा फाइनान्सको मूल्य ५।४ प्रतिशतले घट्यो।

प्रकाशित मिति:     ३० भाद्र २०७८, बुधबार  |    Himali Khabar