काठमाडौं । राप्ती हाइड्रोले २९ करोड ४१ लाख रुपैयाँको आईपीओ जारी गर्ने भएको छ। राप्ती जनरल कन्स्ट्रक्सन लिमिटेडले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागगर्दै धितोपत्र बोर्डमा आवेदन दिएको छ।
धितोपत्र बोर्डबाट अनुमति पाएमा यो कम्पनीले स्थानीय र सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्कासन गर्नेछ।